images
images
  • इरानद्वारा मध्यपूर्वका देशहरूमा मिसाइल प्रहार, दुबई विमानस्थल आक्रमणमा ४ जना घाइते

    काठमाडौं– संयुक्त राज्य अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा आयतोल्लाह अली खामेनीको मृत्यु भएपछि इरानमा तनाव चुलिएको छ ।

    इरानी सरकारी टेलिभिजनका अनुसार आफ्नै कार्यालयमा भएको आक्रमणमा उनको ज्यान गएको हो ।

    पछिल्ला ३७ वर्षदेखि देशको सर्वोच्च नेतृत्व सम्हालिरहेका खामेनीको निधनमा इरानले ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ ।

    इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले यस घटनाको प्रतिशोधस्वरूप अमेरिकी सैन्य अड्डा तथा इजरायलमाथि सबैभन्दा विनाशकारी जवाफी आक्रमण गर्ने चेतावनी दिएको छ ।

    घटनापछि इरानभित्र मिश्रित प्रतिक्रिया देखिएको छ ।

    केही स्थानमा समर्थकहरूले शोक मनाएका छन् भने अन्यत्र कतिपय नागरिकले उत्सवसमेत मनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीलाई इतिहासकै सबैभन्दा दुष्ट व्यक्तिमध्ये एक भन्दै उनको मृत्युले इरानी जनतालाई देशको भविष्य पुनःनिर्माण गर्ने अवसर दिएको टिप्पणी गरेका छन् ।

    इरानी रेड क्रिसेन्टका अनुसार आक्रमणमा २०० भन्दा बढी मानिसको ज्यान गएको छ ।

    अमेरिकी सञ्चारमाध्यमले करिब ४० इरानी अधिकारीको मृत्यु भएको उल्लेख गरेको छ ।

    आक्रमणपछि इरानले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सहयोगी देश तथा अमेरिकी सैन्य उपस्थितिलक्षित स्थानहरूमा कारबाही सुरु गरेको जनाएको छ ।

    प्रभावित मुलुकहरूमा संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, कुवेत, ओमान, जोर्डन र इराक रहेका छन् ।

    विश्वका सबैभन्दा व्यस्त उड्डयन केन्द्रमध्ये एक दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनामा चार जना घाइते भएको त्यहाँको प्रशासनले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images