काठमाडौं– टिकटक स्टार तुलसा अधिकारीमाथि लागेको आपराधिक लाभ र ठगीको कसुरमा एक कांग्रेस नेतृको संलग्नता रहेको आरोप लागेको छ ।
पीडित भनिएका शंकर चिमोरियाले तुलसा अधिकारीको हनी ट्र्यापको जालोमा नेपाली कांग्रेसकी एक नेतृको समेत संलग्नता रहेको आरोप लगाएकी छिन् ।
चिमोरियाले अधिकारीसँग मिलेर कांग्रेसकी एक नेतृले आफूलाई अपहरण गरेको र तुलसासँग नमिले ज्यान जानेसम्मको धम्की दिएको आरोप लगाएका हुन् ।
चिमोरियाका अनुसार तुलसासँग विवाद बढ्दै जाँदा कांग्रेसकी एक नेतृले अरू तीन जना गुन्डाहरूलाई समेत लिएर आफ्नो अटो शोरुममा आएको र आफूलाई अपहरण गरेर लगेको बताए ।
उनका अनुसार कांग्रेसकी ती नेतृले आफू पूर्वमन्त्री आरजु राणाको नजिकको व्यक्ति भएको र ज्यान लिनेसम्मको धम्की दिएको र तुलसालाई सपोर्ट गर्न धम्की दिएको बताए ।
शंकर चिमोरिया र तुलसा अधिकारीको करिब ५ वर्षको आपसी सहमतिको सम्बन्धपछि उनीहरूबीच खटपट आएको थियो ।
२०७५ सालमा तुलसा र शंकर चिमोरिया नजिकिएका थिए ।
त्यसपछि उनीहरूबीच लेनदेन र आपसी सहमतिमै शारीरिक सम्बन्धसमेत भएपनि पछि सम्बन्धमा खटपट आएपछि तुलसाले ब्ल्याकमेल गरेको आरोप शंकरले लगाएका छन् ।
तुलसाले आफूसँग करिब ६ करोड रुपैयाँ लगेको शंकरको आरोप छ ।























