images
images
  • श्रीमान र श्रीमती झुण्डिएको अवस्थामा भेटिए

    काठमाडौं- सर्लाहीको बलरा नगरपालिका–१० सुदामा बस्ने श्रीमान र श्रीमती झुण्डिएको अवस्थामा भेटिएका छन् ।

    घरबाट करिब ५ सयमिटर उत्तरपश्चिममा रहेको गोठघरको बाँसको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिएको फेला परेका हुन् ।

    स्थानीयले शनिबार बिहान करिब ८ बजेको समयमा घटना देखेपछि इलाका प्रहरी कार्यालय, गडहिया लाई जानकारी गराएका थिए ।

    सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक कैलाश चौधरी को कमाण्डमा पाँच जना प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

    साथै जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरीको फरेन्सिक टोलीसमेत परिचालन गरी अनुसन्धान सुरु गरिएको छ ।

    प्रहरीका अनुसार अन्दाजी ६० वर्षीय भनु महतो र निजकी श्रीमती अन्दाजी ५६ वर्षीया निर्मला देवीले आत्महत्या गरेका हुन् ।

    मृतक दम्पतीले किन आत्महत्या गरेका हुन् , भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको सर्लाही प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images