images
images
  • जवाफी हमलामा इरानले खाडी मुलुकलाई निशाना बनायो, साउदी अरबको राजधानी रियादमा ठूलो विस्फोट

    काठमाडौं- इजरायल र अमेरिकाले संयुक्त रुपमा हमला गरेसँगै इरानले पनि प्रत्याक्रमणलाई जारी राखेको छ ।

    जवाफी हमलामा इरानले इजरायल, यूएई, बरहाइन, कुवेत र कतारजस्ता मुलुकलाई निशाना बनाएको छ ।

    ती मुलुकका विभिन्न स्थानमा विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

    यसैबीच साउदी अरबको राजधानी रियादमा पनि विस्फोट भएको खबर प्राप्त भएको छ ।

    एएफपी समाचार एजेन्सीका अनुसार रियादमा ठूलो विस्फोटको आवाज सुनिएको छ ।

    अमेरिकाको निकट सैन्य साझेदार मानिने साउदी अरबमा हाल उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

    क्षेत्रीय तनाव चुलिएका बेला खाडी क्षेत्रका विभिन्न मुलुकले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images