images
images
  • बोलिभियामा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु, ३० घाइते

    काठमाडौं- शनिबार बिहान (नेपाली समयअनुसार) बोलिभियाको एल अल्टो सहरमा वायुसेनाको हर्कुलस विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन्।

    रोयटर्सअनुसार, खराब मौसममा अवतरण गरेपछि विमान धावनमार्गबाट ​​चिप्लिएर नजिकैको व्यस्त सडकमा पुगेको हो।

    जसका कारण विमान सडकमा पार्क गरिएका दशदेखि पन्ध्रसम्म सवारीसाधनमा ठोकिन पुग्यो।

    विमानको भग्नावशेष, क्षतिग्रस्त कार र शवहरू सडकमा छरिएका थिए।

    उक्त विमानले देशको केन्द्रीय बैंकबाट नयाँ नोट लिएर आएको थियो।

    दुर्घटनापछि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images