images
images
  • पोखरामा गगन थापाले १० मिनेटमा के-के भने ?

    काठमाडौं- पोखराको चुनावी सभामा गगन थापाले १० मिनेट बोलेका छन् ।

    सभामा पुग्ने वित्तिकै उनले भने, ‘सुरुमै म क्षमा माग्दै तपाईंहरुसँग आग्रह गर्दछु कि मसँग धेरै समय छैन । कृपया ७ मिनेट बोलेपछि म यहाँबाट निस्किन्छु । निस्किने बेलामा मलाई डिस्टर्व नगर्नुहोला । सहज रूपमा निस्किने वातावरण बनाइदिनुहोला ।’

    सीधै निर्वाचन केन्द्रित विषयमा प्रवेश गरेका उनले आफ्नो नेतृत्वमा सरकार बन्दा ५ वर्षमा गर्ने कामबारे जानकारी गराए ।

    मतदातालाई रुखमा मत माग्न नेता कार्यकर्ताको मनोबल उकासे । अलिअलि प्रतिस्पर्धीलाई घोचपेच गरे अनि नबसी मञ्च पछिल्तिरबाट निस्किए ।

    उनलाई लिन अघि छोडेको हेलिकोप्टर मञ्च नजिकै आइपुग्यो । उनी हेलिकोप्टरमा चढेर गए ।

    थापाले १० मिनेटमा मूलतः निर्वाचन लक्षित विचार प्रस्तुत गरे । कांग्रेसको सरकारले शक्तिशाली आयोग गठन गरेर २०४६ सालपछिका प्रधानमन्त्री, मन्त्री लगायत सबै उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने ।

    छानबिनको सुरुवात आफू र आफ्नै पार्टीका पूर्व सभापति शेरबहादुर देउवाबाट थाल्ने उनले प्रतिबद्धता जनाए ।

    त्यसपछि थापाले सरकार गठन भएकै महिनादेखि योजना र कामको हिसाब बुझाउने बताए । वैशाख १ गते योजना सुनाउने र त्यसपछि हरेक महिना जनतालाई कामको हिसाब–किताब दिने उनको भनाई छ ।

    उनले अतिवाद विरुद्ध आफूहरू संयमित भएर अघि बढ्ने बताए । यसअघि भएका राम्रा कुरालाई निरन्तरता र नयाँ कार्यक्रम लागू गराउने उनको सङ्कल्प छ ।

    उनले विकास चमत्कारबाट नहुने सुनाए । पोखरा विमानस्थललाई चलायमान बनाउने उनको दाबी छ । नेता कार्यकर्तालाई अबको ५ दिन जोडतोडका साथ काम गर्न उनको निर्देशन छ ।

    अन्तिममा उनले सहकारी पीडितको ज्ञापनपत्र बुझे, मञ्च अगाडि राखिएको गमलाको बिरुवामा पानी हालेर फर्किए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images