images
images
  • रवि लामिछानेलाई कसले देखाए कालो झण्डा ?

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।

    तनहुँको सदरमुकाम दमौलीमा पार्टीको सभालाई सम्बोधन गर्न आइपुगेका लामिछानेलाई शुक्रबार उनीहरुले मुख्य सडकमै कालोझण्डा देखाएर प्रदर्शन गरेका हुन् ।

    के कारणले कालो झण्डा देखाएको भन्ने खुलेको छैन ।

    उक्त क्षेत्रका उम्मेदवार मञ्जिल रानाले कालो झण्डा देखाउने पार्टीको आधिकारिक कार्यक्रम नभएको बताएका छन्।

    प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले अवरोध गरेपछि केही समय धकेलाधकेल भएको थियो ।

    प्रहरीले उज्यालो नेपाल पार्टीका केही कार्यकर्ताहरूलाई नियन्त्रणमा समेत लिएको छ ।

    विरोधमा रहेका उज्यालो नेपाल पार्टीका महिला कार्यकर्तालाई प्रहरीले हातपात गरेको भन्दै विरोधमा उनीहरू दमौलीको मुख्य चोकमा जेब्रा क्रसिङमा नै धर्नामा बसेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images