images
images
  • ६० वर्षीया महिला बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    काठमाडौं- ओखलढुङ्गामा ६० वर्षीया महिला बलात्कृत भएकी छन् ।

    महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका–४ रूम्जाटार बस्ने ६१ वर्षीय दिप बहादुर विकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

    विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images