राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले देशको सञ्चालन ढाँचालाई उत्पादनमुखी र निर्यातमुखी बनाउनु पर्ने बताएका छन्।
नेपाली कांग्रेसका नेता तथा उद्योगी विनोद चौधरीप्रति संकेत गर्दै उनले भने, “देश हेटौँडा सिमेन्ट कारखाना जस्तो भएर मात्रै हुँदैन, मेसिन छ, कारखाना छ, खानी छ तर उत्पादन र वितरण प्रभावकारी छैन।”
उनका अनुसार देश ‘वाइवाइ’ जस्तै विश्वबजारसम्म पुग्न सक्ने बनाइनुपर्छ। “देशभर उत्पादन फैलिनुपर्छ, रोजगारी सिर्जना हुनुपर्छ। रास्वपा उद्योग–कलकारखाना चलाउने सोचसहित अघि बढ्न चाहन्छ,” उनले बताए।
उनले विद्युत् भण्डारणमा जोड दिँदै मल कारखाना र डेटा सेन्टर स्थापना गरेर आन्तरिक उत्पादनमै बिजुली उपयोग गर्नुपर्ने धारणा राखे। “बिजुली सस्तोमा बेचेर मात्रै हुँदैन, देशभित्रै मूल्य अभिवृद्धि गर्नुपर्छ,” उनले भने।
प्रतिक्रिया दिनुहोस्























