काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन् ।
झापा–५ बाट उम्मेदवार रहेका उनले विभिन्न जिल्लामा पुगेर मतदातासँग संवाद गरिरहेका छन् ।
चितवनको सभामा उनले विमानबाट देखिएको निलो जस्ताले छाएको छानाको प्रसंग उठाउँदै, त्यसलाई रास्वपाले देशलाई जोगाउने प्रतीकसँग तुलना गरे ।
उनले हास्यरसमा निलो जस्ताको छानालाई जिस्काएको हो भनि सभालाई हसाए ।
रास्वपा पार्टीको चिन्हको पृष्ठभूमिको रंग निलो रहेको छ ।
त्यसैगरी, रास्वपाका सभापति रवि लामिछानेले आफू स्पष्ट बोल्ने स्वभावकै कारण धेरै बोल्नुपरेको टिप्पणी गरे ।
आफूविरुद्ध प्रमाण खोजिएको ६५८ दिन बितिसकेको उल्लेख गर्दै उनले २१ फागुनको मतपत्रमार्फत जवाफ दिन मतदातालाई आग्रह गरे ।
यो व्यंग्य उनले कांग्रेस सभापति गगन थापालाई गरेका हुन् ।
थापाले केही समयअघि रविविरुद्ध सहकारी ठगीका प्रमाण आफूसँग सुरक्षित भएको बताएका थिए ।
त्यसयता उनीहरू दुवैबीच वाककटुता हुँदै आएको छ ।























