images
images
  • एमाले उम्मेदवारहरूले नै चलाए ‘नो ओली’ अभियान

    रूपन्देही– केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा होमिएको नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवारहरूले यसपटक भने प्रचार सामग्रीमा ओलीको तस्बिर राखेका छैनन् ।

    मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले शीर्ष नेताको तस्बिरमार्फत ब्रान्डिङ गरिरहँदा एमाले भने स्थानीय तहमा रक्षात्मक देखिएको छ ।

    पहिले साना कार्यक्रममै ओलीका ठूला तस्बिर र कटआउट राख्ने परम्परा थियो। लुम्बिनी जस्तो बलियो आधार क्षेत्रमा समेत यसपटक उम्मेदवारहरूले आफ्नो मात्र फोटो प्रयोग गरेका छन् ।

    कार्यकर्ताहरूका अनुसार ओलीको तस्बिर राख्दा मतदातामा नकारात्मक असर पर्न सक्ने आकलन गरिएको छ ।

    केही नेताहरू उम्मेदवार छनोटदेखि नै पार्टी रक्षात्मक बनेको स्वीकार्छन् ।

    नेतृत्वप्रति असन्तोष र फिल्डमा देखिएको आलोचनाका कारण धेरै उम्मेदवारले ‘व्यक्तिभन्दा स्थानीय मुद्दा’मा केन्द्रित भएर प्रचार गरिरहेका छन् ।

    विश्लेषकहरूका अनुसार यो अवस्था नेतृत्वप्रतिको दबाब र बदलिँदो जनमतको संकेत हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images