images
images
  • एमाले, रास्वपा र राप्रपाले खोलेनन् बैंक खाता : चुनावी पारदर्शितामाथि प्रश्न

    काठमाडौं– चुनावी प्रचारका लागि ११ राजनीतिक दलले मात्रै छुट्टै बैंक खाता खोल्न निर्वाचन आयोगबाट सिफारिस लिएका छन् ।

    आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईका अनुसार आयोगको निर्देशनअनुसार हालसम्म सीमित दलले मात्र प्रक्रिया पूरा गरेका हुन् ।

    सिफारिस लिने दलहरूमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी, संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेका छन् ।

    तर नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलले अझै सिफारिस लिएका छैनन् ।

    आयोगले चुनावी खर्च पारदर्शी बनाउन आचारसंहितामै छुट्टै बैंक खाता अनिवार्य गरेको छ ।

    हालसम्म १,६७० उम्मेदवारले मात्रै खाता खोलेका छन् भने प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३,४६० उम्मेदवार प्रतिस्पर्धामा छन् ।

    ६५ दल ६१ चुनाव चिह्नसहित चुनावी मैदानमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images