images
images
  • चुनावको पूर्वसन्ध्यामा रातारात नेपाली सेनाका ४ पूर्व प्रधानसेनापति गए भारत

    काठमाडौं– नेपाली सेनाका चार पूर्व प्रधानसेनापति भारतको नयाँ दिल्ली गएका छन् ।

    पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, पूर्णचन्द्र थापा, प्यारजंग थापा र गौरवशमशेर राणा बिहीबार नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

    राजेन्द्र क्षेत्री र पूर्णचन्द्र थापा दिउँसो नेपाल एयरलाइन्सबाट तथा प्यारजंग थापा र गौरवशमशेर राणा बिहान एयर इन्डियाको उडानबाट भारत गएका हुन् ।

    उनीहरू नयाँ दिल्लीमा आयोजना हुने १०औँ ‘चिफ्स कन्क्लेभ’मा सहभागी हुन गएका हुन् ।

    नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतका अनुसार गत वर्ष आर्मी डेका अवसरमा नेपालमा आयोजना गरिएको उक्त कन्क्लेभ यस वर्ष भारतमा भइरहेको छ ।

    भारतीय सेनाले सबै पूर्वसैनिक प्रमुखलाई निमन्त्रणा पठाए पनि चार जना मात्र सहभागी हुन गएका हुन् ।

    कन्क्लेभ फागुन १४ देखि १७ गतेसम्म सञ्चालन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images