images
images
  • रुकुम पश्चिममा कुलमानका उम्मेदवारले जनार्दन शर्मालाई गरे समर्थन

    काठमाडौं- रुकुम पश्चिममा उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जनार्दन शर्मालाई समर्थन गरेका छन् ।

    शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै केसीले शर्मालाई समर्थन गरेको घोषणा गरे ।

    रुकुमको विकासको लागि सहकार्य गरेर अघि बढ्ने सहमति अनुसार उम्मेदवारी निष्क्रिय पारेर शर्मालाई सघाउने भएको केसीले बताए ।

    यसअघि यहाँ नेकपा एमालेले पनि शर्मालाई समर्थन गरिसकेको छ।

    अब यहाँ प्रलोपाका शर्मा, कांग्रेसका राजु केसी, नेकपाका गोपाल शर्मा र रास्वपाका मानबहादुर शाहीबिच चुनावी प्रतिस्पर्धा हुने छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images