images
images
  • नुवाकोटमा गाडी दुर्घटना हुँदा घाइते भएका ८ जनामध्ये चारको अवस्था गम्भीर

    काठमाडौं- नुवाकोटबाट काठमाडौं आउँदै गरेको गाडी बिहीबार साँझ शिवपुरी गाउँपालिका–५ कुखुरेमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।

    घाइतेमध्ये चारको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं लगिएको छ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुप्चेश्वर गाउँपालिका–४ जिम्टाङबाट काठमाडौं जाँदै गरेको सुमो गाडी दुर्घटना हुँदा ५० वर्षीय सम्तेन लामा, ४२ वर्षीय नेमा ग्याम्ते लामा, २७ वर्षीया कल्पना तामाङ र ४३ वर्षीया फूलमाया लामा गम्भीर घाइते भएका हुन्।

    उनीहरूको टाउको, छातीमा चोट लागेकाले उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परेर घाइते भएका इन्द्रकुमार तामाङ, रप्सागी तामाङ, सुशीला र टेकबहादुर विष्टको जिल्लास्थित अस्पतालमा उपचार भइरहेको छ।

    बा प्र ०३–००१ ज ७७७ नम्बरको सुमो शिवपुरी–५ स्थित कुखुरेको ओरालोमा ब्रेक फेल भएका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

    गाडीका चालक दुप्चेश्वर गाउँपालिका–४ का आइत लामालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images