images
images
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई २५ हजार जरिवाना

    काठमाडौं- निर्वाचन आयोगले श्रम संस्कृति पार्टी र अन्य दलका दुई उम्मेदवारलाई २५ हजार रुपैयाँका दरले जरिवाना गरेको छ ।

    निर्वाचन आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै आयोगले जरिवाना तिराउने निर्णय गरेको हो ।

    जरिवाना तोकिएका उम्मेदवारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट जाजरकोटका उमेदवार शक्ति बस्नेत छन्। उनले मनोनयनको दिन पैसा बाँडेको भनेर उजुरी परेको थियो।

    नेपाल जनसेवा पार्टीबाट रुपन्देही-२ का उम्मेदवार डा। कमल ९निकोलस०भुसाललाई पनि २५ हजार जरिवानाको सजाय भएको छ ।

    धरानका पूर्वमेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई पनि २५ हजार जरिवाना तोकिएको छ ।

    बाँके–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार खगेन्द्र सुुनुवार र भक्तपुर–२ का नेपाल जनसेवा पार्टीका उम्मेदवार जानुका (शोभा) पाठकलाई आयोगले सचेत गराउने निर्णय भएको आयोगले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images