images
images
  • सौन्दर्य प्रतियोगिताका नाममा शोषण, आयोजक पक्राउ

    काठमाडौं- सौन्दर्य प्रतियोगिताका नाममा प्रतिस्पर्धीलाई दुव्र्यवहार गरी शोषण गर्न खोजेको आरोपमा प्रहरीले आयोजकलाई पक्राउ गरेको छ ।

    मिस विभा ब्युटी पिगेन्टका आयोजक चितवनको भरतपुर २२ घर भएका ४१ वर्षिय उद्धव अधिकारीलाई ललितपुर प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

    यो प्रतिस्पर्धीलाई आयोजकले उपाधि दिलाइदिने आश्वासनमा बानेश्वरस्थित कार्यालयमा बोलाएर ‘आयोजक तथा विदेशीहरुलाई समेत खुशी पार्नुपर्छ, बेड शेयर गर्नुपर्छ, नगरकोट घुम्न जाउँ भन्ने जस्ता कुराकानी गरी बिभिन्न प्रलोभनमा पारी सोही दिन काठमाण्डौंको बानेश्वरबाट ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ६ सानागाउँमा पुग्दा कुराकानी गर्दै जाने क्रममा मनमुटाव भई एक्कासी हातपात गरी सार्वजनिक स्थलमा अभद्र व्यवहार गरेको’ भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको ललितपुर प्रहरीले छ ।

    एक २२ वर्षिय किशोरीको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको ललितपुर प्रहरीका एसपी गौतम मिश्रले बताए।

    दुव्र्यजहारको घटना गत ८ फागुनको हो। पीडित युवतीले सामाजिक सञ्जालमार्फत सुरुमा यो विषय बाहिर ल्याएकी थिइन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images