images
images
  • जेनजी आन्दोलनको बारेमा बीबीसीले बनाएको रिपोर्ट हटाउन प्रेस काउन्सिललाई आयोगको पत्र

    काठमाडौं- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई लिएर बीबीसीले प्रकाशन गरेको डकुमेन्ट्री रिपोर्ट हटाउन आग्रह गर्दै निर्वाचन आयोगले प्रेस काउन्सिललाई पत्र लेखेको छ ।

    आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज बिहीबार काउन्सिललाई पत्र पठाइएको जानकारी दिए ।

    ‘बीबीसीको रिपोर्ट हटाउन भन्दै आयोगले पत्र पठाएको हो’ उनले भने ।

    बीबीसी वर्ल्ड सर्भिस र नेपाली सेवाले अंग्रेजी र नेपाली भाषामा दुई भिडियो रिपोर्ट आज सार्वजनिक गरेका थिए ।

    रिपोर्टमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई उतारिएको छ ।

    रिपोर्टमा आन्दोलनको क्रममा गोली चलाउन तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले आदेश दिएको भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images