images
images
  • नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलालाई छाड्न सर्वोच्चले दियो आदेश

    काठमाडौं- सर्वोच्च अदालतले नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलालाई छाड्न आदेश दिएको छ।

    बिहीबार न्यायाधीशहरू कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट जारी गर्दै बास्तोलालाई थुनामुक्त गर्न आदेश दिएको हो।

    प्रहरीले बास्तोलालाई फागुन ६ गते पक्राउ गरेको थियो। फागुन २१ गते हुने निर्वाचन भाँड्ने प्रयास गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

    पक्राउ गरेपछि उनी बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका थिए। सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई छाड्न आदेश दिएको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images