काठमाडौं- ४८ थान राहदानी बोकेर दिल्ली जान लागेकी एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–१ घर भएकी ४५ वर्षीया तारा चन्द चौधरी छिन् ।
उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाटै पक्राउ गरेको हो ।
भुटान एयरलायन्सको बी ३ ७७३ नम्बरको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेकी थिइन् ।
उनको झोलामा विभिन्न व्यक्तिका ४८ थान राहदानी भेटिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उनीमाथि थप अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुस्न्धान कार्यालय पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्























