काठमाडौं– नवलपरासीका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई कांग्रेसमा स्वागत गरे ।
ठकुरीले रास्वपा छोडेर कागजी बाघबाट असली बाघ कांग्रेस रोजेको बताए ।
ठकुरी नवलपरासी बर्दघाट चौपतामा भएको चुनावी सभामा कांग्रेस प्रवेश गरेका हुन् ।
उनले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा १२,४९९ मत पाएका थिए ।
टिकट वितरणमा असन्तुष्ट रहेका ठकुरीले रास्वपा छाडेका हुन् ।
रास्वपाले लुम्बिनी प्रदेशका पूर्वमहामन्त्री विक्रम खनाललाई टिकट दिँदा ठकुरी असन्तुष्ट भए ।
केही दिनअघि उनका दाइ, सुस्ता गाउँपालिकाका उपसभापति गुप्तसेन ठकुरीले पनि रास्वपा छाडेका थिए ।























