images
images
  • चिनियाँ पाइलटलाई गोप्य तालिम दिने अमेरिकी वायुसेनाका कमाण्डर पक्राउ

    काठमाडौं– अमेरिकी वायुसेनाका पूर्वअधिकारी जेराल्ड एडी ब्राउन जुनियर (‘रनर’) पक्राउ परेका छन् ।

    उनमाथि अनुमतिबिना चिनियाँ सेनाका पाइलटलाई लडाकु विमान तालिम दिने र षड्यन्त्र रच्ने आरोप छ ।

    अगस्ट २०२३ देखि ब्राउनले विदेशी नागरिक र केही अमेरिकीसँग मिलेर पीपुल्स लिबरेसन आर्मी एयर फोर्सका पाइलटलाई तालिम दिने योजना बनाएको उजुरीमा उल्लेख छ ।

    यस तालिम अमेरिकी ‘आर्म्स एक्सपोर्ट कन्ट्रोल एक्ट’ र ‘इन्टरनेसनल ट्राफिक इन आर्म्स रेगुलेसन’ अन्तर्गत विशेष लाइसेन्सविना दिइएको थियो ।

    ब्राउनले अमेरिकी वायुसेनामा २४ वर्षभन्दा बढी सेवा गरेका थिए र एफ–४, एफ–१५, एफ–१६ र ए–१० जस्ता लडाकु विमान उडाइसकेका छन् ।

    अवकाशपछि उनी कन्ट्रयाक्ट सिम्युलेटर इन्स्ट्रक्टरका रूपमा काम गर्दै आएका थिए ।

    डिसेम्बर २०२३ मा चीन गएर पीआरसी सैन्य पाइलटलाई तालिम दिएको र फेब्रुअरी २०२६ मा अमेरिका फर्केको उनको भनाइ छ ।

    पहिलो अदालत पेसी साउदर्न डिस्ट्रिक्ट अफ इन्डियानामा २६ फेब्रुअरीमा हुनेछ ।

    अनुसन्धान ‘एफबीआई’ र ‘एयर फोर्स अफिस अफ स्पेसल इन्भेस्टिगेसन’ले संयुक्त रूपमा गर्दैछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images