काठमाडौं– निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका नागरिकले विभिन्न सरकारी कागजातका आधारमा पनि मतदान गर्न सक्ने स्पष्ट गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका २०८२ को दफा ४३ र ८४ अनुसार मतदान गर्न जाँदा मतदाता परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्छ ।
तर, परिचयपत्र नभएमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक कागजात देखाएर पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार यस्तो व्यवस्था मतदानमा खटिने सुरक्षाकर्मी, कर्मचारी र सरोकारवालालाई जानकारी गराइनेछ ।
साथै, गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउन निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्























