images
images
  • चुनाव नलड्ने वाचा तोडेका माधव, महेन्द्रराय र शरदसिंह पुनः प्रतिस्पर्धामा

    काठमाडौं– अघिल्लो चुनावमा ‘यो मेरो अन्तिम चुनाव हो’ भन्दै मत मागेका केही प्रमुख नेताहरू यसपटक फेरि उम्मेदवार बनेका छन् ।

    घोषणापत्रका प्रतिबद्धता मात्र होइन, व्यक्तिगत बाचा पनि तोडिएको भन्दै आलोचना बढेको छ ।

    माधवकुमार नेपालले २०७९ को चुनावमा रौतहट–१ बाट अन्तिम पटक चुनाव लड्ने बताएका थिए ।

    तर, यसपटक उनी पुनः सोही क्षेत्रबाट मैदानमा उत्रिएका छन् ।

    त्यस्तै, महेन्द्रराय यादवले सर्लाही–२ मा ‘स्वास्थ्यका कारण यो अन्तिम चुनाव’ भने पनि अहिले फेरि उम्मेदवारी दिएका छन् ।

    उनले जनताको चाहना र पार्टीको आग्रहलाई कारण बताएका छन् ।

    शरतसिंह भण्डारीले पनि महोत्तरी–२ मा अघिल्लो चुनावलाई अन्तिम भनेका थिए ।

    लामो राजनीतिक यात्रापछि विश्राम लिने घोषणा गरेका उनी यसपटक पुनः उम्मेदवार बनेका छन् ।

    चुनावी मौसममा ‘अन्तिम पटक’ भन्दै मत माग्ने प्रवृत्ति दोहोरिँदै जाँदा यसलाई मतदातामाथि भावनात्मक दबाब सिर्जना गर्ने रणनीतिका रूपमा समेत हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images