काठमाडौं– निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिने भएको छ ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ को दफा ६ (झ) अनुसार यस्तो निर्णय गरेको हो ।
निर्वाचन अवधिमा शान्ति–सुरक्षा मजबुत बनाउन आवश्यक सबै व्यवस्था गरिने जनाइएको छ ।
निर्णय कार्यान्वयनका लागि आवश्यक समन्वय र सहजीकरण गर्न निर्वाचन आयोगले सरोकारवालालाई आग्रह गरेको छ ।























