काठमाडौं- नेपालको प्रतिष्ठित व्यापारिक घराना भाट-भटेनी सुपर मार्केट प्रालिले आफ्नो महाराजगन्जस्थित शाखा पुनः सञ्चालनमा ल्याएको छ ।
सुपर मार्केटका अध्यक्ष मीन बहादुर गुरुङले आज बिहान उक्त स्टोरको औपचारिक उद्घाटन गरेका हुन् ।
ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै र थप परिष्कृत सेवा प्रदान गर्ने उद्देश्यले महाराजगन्ज शाखा पुनः सञ्चालनमा ल्याइएको गुरुङले बताए ।
प्रतिक्रिया दिनुहोस्























