काठमाडौं- दाङको तुलसीपुरमा विस्फोट गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेका छ।
तुलसीपुर उपमहानगरपालिका-५ सुन्दरनगर टोलका ३९ वर्षीय सजक भनिने शेरबहादुर दमाइ पक्राउ परेका हुन्।
जिल्ला प्रहरीका अनुसार प्रहरी टोलीले दमाइलाई तुलसीपुर – १६ रावतगाँउबाट नियन्त्रणमा लिएको थियो।
फागुन ५ गते बिहान तुलसीपुर ६ र ८ को सीमानामा पर्ने पातुखोलामा सिलिन्डर बम विस्फोट भएको थियो।
पक्राउ परेका दमाइबिरुद्ध बुधबार विस्फोटक पदार्थसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।
जिल्ला अदालतले दमाइ माथि थप अनुसन्धान गर्न बुधबार १० दिनको म्याद थप गरेको छ।
प्रतिक्रिया दिनुहोस्























