images
images
  • गुण्डुको जंगलमा एक जना पुरुष मृत भेटिए

    काठमाडौं- भक्तपुरको गुण्डु स्थित जंगलमा एक जना पुरुष मृत भेटिएका छन् ।

    सुर्यबिनायक नगरपालिका-७ गुण्डु स्थित राष्ट्रिय प्राणी उद्यान जंगलमा ४२ वर्षीय भरतराज थापाको शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    कटुन्जे बस्दै आएका थापा सोमबार घरबाट निस्केपछि परिवारको सम्पर्कमा थिएनन् ।

    घटनास्थल नजिकै उनले प्रयोग गर्दै आएको बिएडी–६७४० नम्बरको कार र मोबाइल भेटिएको छ ।

    उनी बैंकका कर्मचारी हुन् ।

    घरबाट कार्यालय जान्छु भनेर निस्केका थापा सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा खोजतलासको लागी निवेदन दिएका थिए ।

    प्रारम्भिक अनुसन्धानबाट उनले विष सेवन गरेको हुनसक्ने आशङ्का गरिएको छ ।

    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images