images
images
  • देउवा डडेलधुरा भोट खसाल्न नजाने, कस्तो आउँला कांग्रेसको चुनावी नतिजा ?

    काठमाडौं– Sher Bahadur Deuba फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा मतदान नगर्ने भएका छन् ।

    विशेष महाधिवेशनबाट सभापति पद गुमाएपछि र निर्वाचन आयोगबाट आधिकारिकता नपाएपछि उनी सक्रिय चुनावी प्रक्रियाबाट बाहिरिएका हुन् ।

    सर्वाेच्च अदालतबाट अन्तरिम आदेश नआएपछि अन्तिमपटक रुख चिह्नबाट चुनाव लड्ने प्रयास पनि असफल भएको थियो ।

    हालका सभापति Gagan Thapa ले टिकट नदिएपछि देउवा चुनावी मैदानमा छैनन् ।

    पार्टीका पदाधिकारीले उनलाई अभियानमा सहभागी गराउन प्रयास गरे पनि उनले अस्वीकार गरेका छन् ।

    सचिवालयका अनुसार ‘बदलिएको कांग्रेस’ले जबर्जस्ती पार्टी कब्जा गरेको आरोप लगाउँदै देउवा मौन बसेका छन्।

    डडेलधुराबाट २०४८ यता लगातार सात पटक जितेका देउवा यसपटक उम्मेदवार बन्न पाएनन् ।

    उनको स्थानमा नैनसिंह महर उम्मेदवार बनेका छन् ।

    स्वास्थ्य र सुरक्षाको कारण देउवा मतदानका लागि डडेलधुरा नजाने सम्भावना रहेको स्रोतको दाबी छ ।

    चुनावपछि पार्टीभित्र कानुनी र राजनीतिक दुवै मोर्चामा निर्णायक संघर्ष सुरु हुने संकेत गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images