images
images
  • ललितपुर–२ मा त्रिपक्षीय भिडन्त, नेवाः मत निर्णायक

    ललितपुर– ललितपुर क्षेत्र नम्बर–२ मा आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि कडा प्रतिस्पर्धा देखिएको छ ।

    नेकपा (एमाले)बाट २०७९ का विजेता प्रेमबहादुर महर्जन पुनः मैदानमा छन् भने नेपाली कांग्रेसबाट प्रेमकृष्ण महर्जन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निवर्तमान सञ्चारमन्त्री जगदीश खरेल उम्मेदवार बनेका छन् ।

    राप्रपाका रघुवरराज थापा र उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारसहित २३ जना प्रतिस्पर्धामा छन् ।

    २०४८ यता निरन्तर नेवाः समुदायको प्रतिनिधित्व रहँदै आएको यो क्षेत्र परम्परागत रूपमा वामपन्थी दलको ‘लालकिल्ला’ मानिन्छ ।

    २०७० मा एकपटक कांग्रेसले जित निकालेको बाहेक अधिकांश समय एमालेको पकड कायम रह्यो ।

    २०७९ मा एमालेका प्रेमबहादुर महर्जन १५,०२५ मतसहित विजयी भएका थिए ।

    यसपटक भने एमाले र कांग्रेसबीचको परम्परागत प्रतिस्पर्धामा रास्वपा थपिएर त्रिपक्षीय समीकरण बनेको छ ।

    मन्त्री पदबाट राजीनामा दिएर उम्मेदवारी दिएका खरेलले नयाँलाई मौका भन्ने नारासहित आक्रामक प्रचार गरिरहेका छन् ।

    नेवाः पहिचान निर्णायक हुने देखेर उम्मेदवारहरूले सांस्कृतिक सहर, कला नगरी र भाषिक पहिचान जोगाउने प्रतिबद्धता जनाएका छन् ।

    क्षेत्रमा ८९,०८२ मतदाता रहेका छन्, जसमध्ये ५१.४ प्रतिशत महिला छन् ।

    ४१–६० वर्ष उमेर समूहका मतदाता सबैभन्दा बढी (४१ प्रतिशत) छन् ।

    मतदाताले विकास र सशक्त प्रतिनिधित्वलाई मुख्य एजेन्डा बनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images