images
images
  • कस्तो सजाय हुन्छ चुनावी प्रचारप्रसारमा अवरोध गरे ?

    काठमाडौं– निर्वाचन आयोगले चुनावी प्रचारप्रसारमा अवरोध गर्ने जो–कोहीलाई कडा कारबाही हुने चेतावनी दिएको छ ।

    सङ्घीय कानुनअनुसार कुनै राजनीतिक दल वा उम्मेदवारलाई प्रचारप्रसार गर्न वा मतदान अधिकार प्रयोग गर्नबाट रोक्ने, बाधा पुर्‍याउने वा थुनछेक गर्ने कार्य गरेमा दुई लाख रुपैयाँसम्म जरिवाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।

    आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी दल तथा उम्मेदवारहरूको प्रचार गतिविधि विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ ।

    केही स्थानमा प्रचार कार्यक्रम बिथोलिएको गुनासो र उजुरी प्राप्त भएको तथा सञ्चारमाध्यमबाट समेत यस्ता घटना सार्वजनिक भएको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

    निर्वाचन आचारसंहिताले कुनै दल वा उम्मेदवारद्वारा आयोजित जुलुस, सभा वा अन्य कार्यक्रम अवरोध गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ ।

    आसन्न निर्वाचन स्वतन्त्र, स्वच्छ र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने आयोगको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images