काठमाडौं– इरानले चिनियाँ कम्पनीले उत्पादन गरेको सुपरसोनिक एन्टी–सिप क्रुज मिसाइल सीएम–३०२ किन्न चीनसँग अन्तिम चरणको वार्ता गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था Reuters ले जनाएको छ ।
वार्ताबारे जानकार ६ अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले सम्झौता सहमति नजिक पुगेको तर मिति तय नभएको उल्लेख गरेको छ ।
२९० किलोमिटरसम्म मार हान्न सक्ने यो मिसाइल कम उचाइमा तीव्र गतिमा उडेर जहाजको प्रतिरक्षा प्रणाली छल्न सक्षम मानिन्छ ।
सुरक्षा विश्लेषकहरूका अनुसार यस्तो हतियार तैनाथ भए पर्सियन गल्फ क्षेत्रमा इरानको आक्रमण क्षमता उल्लेखनीय रूपमा बढ्नेछ ।
गत वर्ष Israel र Iran बीचको युद्धपछि इरानले चीनसँग वार्ता थालेको बताइएको छ। हाल इरानी उच्च अधिकारीहरू चीन भ्रमणमा छन् ।
यसबीच United States ले इरान नजिकै ठूलो नौसैनिक शक्ति तैनाथ गरेको छ ।
विमानवाहक युद्धपोत USS Abraham Lincoln तैनाथ भइसकेको छ भने USS Gerald R. Ford पनि त्यसतर्फ अग्रसर छ ।
चीनले सम्भावित मिसाइल बिक्रीबारे जानकारी नभएको प्रतिक्रिया दिएको छ ।
विश्लेषकहरूका अनुसार सम्भावित सम्झौताले मध्यपूर्वमा शक्ति सन्तुलन थप जटिल बनाउन सक्छ ।


विश्व खबर 



















