काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सबिता गौतममाथि विवाह दर्ता नगरेको आरोप लागेको छ । उनको विवाहलाई लिएर अहिले सामाजिक सञ्जालमा बहसको विषय बनेको छ ।
सामाजिक सञ्जालमा भाइलर भएको एक भिडियोमा बोल्दै रेणु दाहालका सर्मथकले यस्तो आरोप लगाएका हुन् ।
उनले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएकी छन् । उनले रेणु दाहालसँग प्रतिस्पर्धा गर्न लागेकी छन् ।
सबिता गौतमले २०८० साल जेठ ७ गते व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी थिइन् । गृहेन्द्र घिमिरेको यो दोस्रो विवाह हो ।
घिमिरेको पहिलो श्रीमतीसँग एक छोरा र एक छोरी छन् । त्यसकारण सबिता गौतमले दुई वटा छोराछोरीको बाउसँग विहे गरेको भनेर आलोचना खेप्नु परिरहन्छ ।
चुनाव नजिकिदै गर्दा फेरी यो बिषयलाई बिषक्षीहरुले उठाएका छन् । उनका बिरोधी तथा रेणु दाहालका समर्थकले यो विषयलाई उनको पक्षमा चुनावी माहोल बिर्गाने हतियार बनाएका छन् । उनलाई बिवाह दर्ता नभएको भनेर झुटो आरोप लगाइएको छ ।
सामाजिक सञ्जालमा भाइरल भिडियोमा रेणु दाहालका एक समर्थकले विहे दर्ता नगरी झुट्टा कुरा बोलेको आरोप लगाए ।
उनले भनेका छन्, ‘चितवन घरको हो भने हुन्छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा दर्ता भएको बिवाह दर्ता देखाउनु पर्छ हामीलाई । झुट्टा कुरा बोल्ने । १६ वर्षकी छोरी र १४ वर्षका छोरा छन् । छोरा बाबुसँग बस्छन् भने छोरी आमासँग बिदेशमा छन् । दुईटा बच्चाको बाउसँग प्रेम बिवाह गरेर आउनु भएकी सबिता गौतमले अहिलेसम्म किन बिहे दर्ता गर्नु भएको छैन् । किन उहाँले मेरो घर हो भनेर कानुनमा भन्न सक्नु भएन । यस्तो झुटको खेती गरेर जनताको बीचमा आउने ।’
उनले चितवनमा कसको घरमा कति वटा परिवार छन्, कसले दु:ख पाएको छ भनेर रेणु दाहाललाई सब थाहा भएको समेत दाबी गरेका छन् ।
यस बिषयमा के भन्छन् वडा अध्यक्ष
भरतपुर महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटाले सोबिता गौतमको बिवाह दर्ता भएको स्पष्ट पारेका छन् ।
विश्वखवरसँग कुरा गर्दै देवकोटाले सामाजिक सञ्जालमा भाइलर हुने यस्तो भिडियोको विश्वास गर्न समेत भनेका छन् । उनका अनुसार चुनावको मुखमा सोबिता गौतमलाई नराम्रो बनाउन यस्तो गरेको हुनसक्छ ।
सबिता गौतमले बिहे भएको केही समयपछि दर्ता गर्न आएका बताएका छन् । ‘उनको श्रीमान् गृहेन्द्र घिमिरेको पहिलो पत्नि सँग सम्बन्ध विछेदको प्रकृया पुरा गरेपछि बिवाह दर्ता वडा कार्यलय आएर विवाह दर्ता गरेका हुन् । कहिले भएको हो भने मिति ठ्याक्कै याद भएन मलाई । त्यसको लागि रेर्कड नै हेर्नुपर्ने हुन्छ । तर, बिहे भएको केही समयपछि आएर विवाह दर्ता गर्नु भएको हो ।’























