काठमाडौं- दुईदिन अघि दिदीको घर जान्छु भन्दै हिडेका एक युवा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
राजविराज ७ निवासी १८ बर्षीय अंगद कुमार मेहतर मृत अवस्थामा फेला परेका हुन् ।
विहान ६ बजेतिर सोही वडा स्थित तुरन्ती पोखरी तैरीरहेको अवस्थामा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक प्रमोद साहको नेतृत्वमा पुगेको टोलीले गोताखोरको मद्दतले शव बाहिर निकालेपछि मृतकका आफन्तले सनाखत गरेका थिए ।
शव पोष्टमार्टमका लागि गजेन्द्रनाराण सिंह अस्पताल पठाई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उनका अनुसार मृतक मेहतर छाडेरोगबाट पीडित रहेको खुलेको छ । दिसा पिसा गर्न निस्केका बेला चिप्लिएर उनी पोखरीमा डुब्न पुगेको हुनसक्ने स्थानियको अनुमान छ ।
चारबर्ष अघि उनको आमाको पनि निधन भएको थियो । उनका बुवा शंकर अहिले एक अपराध घट्नामा संलग्न भएको आरोपमा राजविराज कारागारमा बन्दी जिवन बिताइरहेका छन् ।
आईतबार विहान उनी भारतको भिमनगरमा रहेकी दिदीलाई भेट्न जान्छु भन्दै घरबाट निस्केको थिए ।























