images
images
  • प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् बैठकले के–के गर्‍यो निर्णय ?

    काठमाडौं– मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सात महत्वपूर्ण निर्णय गरेको छ ।

    प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि ४० लाख अमेरिकी डलर बराबरको नगद अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।

    बैठकले चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भएअनुसार बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

    यस्तै, काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश डा. दिवाकर भट्टलाई काठमाडौं जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौंको अध्यक्षको जिम्मेवारी तोकिएको छ ।

    मन्त्रिपरिषद्ले बीमा ऐन, २०७९ को दफा १४० बमोजिमका कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई तोक्ने निर्णयसमेत गरेको छ ।

    यसैगरी, आगामी वर्ष २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मका लागि सार्वजनिक बिदा निर्धारण गरिएको छ । साथै, प्रतिनिधिसभा सदस्य निर्वाचनका अवसरमा फागुन २० गतेदेखि २२ गतेसम्म देशभर सार्वजनिक बिदा दिने निर्णय पनि गरिएको छ ।

    मन्त्रिपरिषद्को सातौँ निर्णय जेनजी परिषद् गठनसम्बन्धी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images