images
images
  • रौतहट–३ : पूर्वमन्त्रीहरूद्वयबीच कडा प्रतिस्पर्धा

    रौतहट– रौतहट क्षेत्र नं. ३ मा फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा बढेको छ ।

    २०६४ सालदेखि निरन्तर विजयी हुँदै आएका आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह र जनता समाजवादी पार्टीका पूर्वमन्त्री गोबिन्द चौधरी मुख्य प्रत्याशी हुन् ।

    पूर्वमन्त्री साहले १८ वर्षे राजनीतिक यात्रालाई निरन्तरता दिँदै पाँचौं पटक प्रतिनिधिसभा सदस्यमा विजयी हुने लक्ष्य राखेका छन् ।

    उनी २०७९ सालको निर्वाचनमा ३२,४३७ मत प्राप्त गरी विजयी भएका थिए ।

    साहले घरघरमा गएर मतदाता भेट्दै यस क्षेत्रको विकासमा गरेको योगदानलाई चुनावी एजेन्डा बनाएका छन् ।

    उनका प्रतिद्वन्द्वी गोबिन्द चौधरी यस क्षेत्रको विकासमा आफ्नो लामो अनुभव र योगदानलाई जोड दिँदै मतदाता भेटिरहेका छन् ।

    चौधरी २०४८ सालमा स्वतन्त्र, २०६४ सालमा मधेस लोकतान्त्रिक पार्टीबाट निर्वाचित भएका थिए ।

    यसैगरी, नेकपा (एमाले)बाट पूर्वप्रदेश सभा सदस्य कुन्दन कुशवाह, नेपाली कांग्रेसबाट रामकृपाल यादब, नेकपाबाट पुनमकुमारी यादब र रास्वपाबाट रविन्द्र पटेलले पनि उम्मेदवारी दिएका छन्।

    क्षेत्रीय मतदाता संख्या १,०८,६९९ रहेको र १३७ मतदान केन्द्र सञ्चालन हुने भएकोले निर्वाचन रोचक हुने स्थानीयहरू बताइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images