images
images
  • अमेरिकाले खसालेको हो इरानी सेनाको हेलिकप्टर ?

    काठमाडौं– इरानी सेनाको वायु सेनाको हेलिकप्टर मंगलबार मध्य प्रान्त इस्फहानको फलफुल बजारमा दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको सरकारी मिडियाले जनाएको छ ।

    दुर्घटनामा पाइलट, सह–पाइलट र दुई जना फलफुल व्यापारीको मृत्यु भएको इरना समाचार एजेन्सीले जनाएको छ ।

    एजेन्सिका अनुसार दुर्घटनाको कारण प्राविधिक खराबी भएको बताएको छ ।

    दुर्घटना इस्फहान प्रान्तको खोमेनिसहर सहरमा भएको पुष्टि गरिएको छ ।

    लगातारको प्रतिबन्ध खेत्दै आएको इरानले पछिल्लो समयमा धेरैवटा हवाई प्रकोपहरूको सामना गरेको छ भने अधिकारीहरूले आफ्ना पुराना जहाजहरूका लागि स्पेयर पाट्र्सहरू प्राप्त गर्न गाह्रो भएको गुनासो गरेका छन् ।

    यस अघि पश्चिमी हामेदान प्रान्तमा प्रशिक्षण अभ्यासको क्रममा बिहीबार, एक इरानी लडाकू जेट दुर्घटना ग्रस्त हुँदा दुई जना पायलटहरूमध्ये एकको मृत्यु भएको इरानी मिडियाले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images