images
images
  • अमेरिकाले गरेको डुंगा आक्रमणमा ३ जनाको मृत्यु

    काठमाडौं– अमेरिकी सेनाले क्यारिबियन क्षेत्रमा लागु–औषध तस्करी गर्ने डुंगालाई लक्षित गरी गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको घोषणा गरेको छ ।

    युएस साउदर्न कमान्डले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा आतंकवादी संगठनसँग सम्बन्धित जहाजमा आक्रमण गरिएको उल्लेख गरिएको छ ।

    जहाज क्यारिबियन क्षेत्रका नार्को–तस्करी मार्गहरूमा ओसार– पसार गरिरहेको उल्लेख गर्दै नार्को–तस्करी अपरेसनमा संलग्न रहेको विज्ञप्तिमा भनिएको छ ।

    सन् २०१५ सेप्टेम्बर को सुरुदेखि संयुक्त राज्य अमेरिकाले तस्करी गतिविधिमा संलग्न रहेको शशंकित पानी–जहाज तथा डुंगाहरूलाई लक्षित गर्दै आएको छ, जसको परिणामस्वरूप अहिलेसम्म दर्जनौँ मानिसहरूको मृत्यु भएको जनाइएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हालै जारी गरेको राष्ट्रिय रक्षा रणनीतिमा सन्दिग्ध लागु–औषध तस्करहरू विरुद्धको सैन्य कारबाही समावेश गरिएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images