काठमाडौं– नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा) बाट कैलाली–५ का उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
आफ्ना एजेन्डा सुशासन, समावेशिता र विकास रास्वपाका उम्मेदवार आनन्द चन्दसँग मेल खाएकाले उम्मेदवारी स्थगित गरेर पार्टीमा समाहित भएको उनले बताए ।
चौधरीलाई रास्वपा केन्द्रीय सदस्य लक्ष्मण थारू लगायत नेताहरूले स्वागत गरेका थिए ।
गत प्रदेश सभा निर्वाचनमा उनी करिब ५ हजार मत ल्याएका उम्मेदवार हुन् ।
प्रतिक्रिया दिनुहोस्























