images
images
  • दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइका लागि पेसी

    काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको छ ।

    मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ हुने भएको हो ।

    यसअघि अदालतले महान्यायाधिवक्ताको कार्यालयबाट सम्बन्धित फाइल झिकाउन आदेश दिएको थियो ।

    प्रारम्भिक सुनुवाइमा जिल्ला प्रहरी परिसरको लिखित जवाफका आधारमा फाइल मगाउने निर्णय गरिएको हो ।

    प्रसाईँका पक्षबाट उमा प्रसाईले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंलाई विपक्षी बनाउँदै रिट दायर गरेकी थिइन् ।

    पक्राउअघि नै प्रसाईँले धरपकड रोक्न माग गर्दै फागुन १ गते अर्को रिट दिएका थिए। उनका दुवै रिटलाई एकसाथ राखेर सुनुवाइ भइरहेको छ ।

    यसअघि माघ २३ गते पक्राउ परेका प्रसाईँ हाजिर जमानीमा रिहा भएका थिए ।

    निर्वाचनसम्बन्धी अभिव्यक्तिलाई आधार बनाएर प्रहरीको साइबर ब्यूरोले उनीमाथि अनुसन्धान गरेको थियो ।

    प्रहरीले फागुन २१ को निर्वाचन विथोल्ने अभियानको आशंकामा उनलाई पटक–पटक नियन्त्रणमा लिँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images