images
images
  • नेपाली परिवारमाथि अमेरिकी सेनाको गोली प्रहार : बाबु–आमा र छोरीको मृत्यु, १ वर्षीय नाबालक जीवितै

    काठमाडौं– Fairfax County, Virginia मा एक नेपाली परिवारभित्र भएको हिंसात्मक घटनामा श्रीमती र छोरीको हत्या भएको छ ।

    ५० वर्षीय छत्रबहादुर थापाले धारिलो हतियार प्रहार गरी ३१ वर्षीया छोरी ममता थापा र ५१ वर्षीया श्रीमती बिन्दा थापाको ज्यान लिएका हुन् ।

    घरेलु हिंसाको सूचना पाएपछि प्रहरी पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टमा पुगेको थियो ।

    प्रहरीका अनुसार घटनाका बेला ज्वाइँ ३५ वर्षीय सन्तोषकुमार बस्नेत बाहिर थिए ।

    उनी ९११ मा फोन गर्दै घरभित्र पस्दा आमा–छोरीलाई रक्ताम्मे अवस्थामा फेला पारेका थिए ।

    प्रहरी पुग्दा आक्रमणकारीले सन्तोषमाथि पनि प्रहार गरिरहेको थियो ।

    हतियार नछोडेपछि प्रहरीले चलाएको गोली लागेर थापाको घटनास्थलमै मृत्यु भयो ।

    घटनामा दुई जनाको मृत्यु भएको छ भने गम्भीर घाइते सन्तोषको उपचार भइरहेको छ ।

    घरमा रहेका एक वर्षीय शिशु भने सुरक्षित रहेको बताइएको छ ।

    प्रहरीले घटनाको कारणबारे अनुसन्धान जारी राखेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images