काठमाडौं– पेरूको दक्षिणी क्षेत्रमा बाढीपीडितको उद्धारमा खटिएको पेरूभिएन एअर फोर्सको एमआई–१७ हेलिकप्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।
सोमबार सार्वजनिक विवरणअनुसार दुर्घटना आरिक्विपा क्षेत्रको काराभेली प्रान्तमा भएको हो ।
हेलिकप्टरमा सवार ४ चालक दलका सदस्य र ११ यात्रुसहित सबै १५ जनाको ज्यान गएको छ, जसमा ७ बालबालिका पनि रहेका थिए ।
हेलिकप्टरको भग्नावशेष चाला जिल्लाको दुर्गम चाला भिएजो क्षेत्रमा फेला परेको छ ।
उक्त हेलिकप्टर बाढी र पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि जाँदै थियो ।
दुर्घटनाको कारणबारे छानबिन सुरु गरिएको छ ।
खराब मौसम र भीषण वर्षा सम्भावित कारण मानिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















