images
images
  • चुनावको मुखैमा दलबदल गर्नेको लर्को : सबैभन्दा धेरै पार्टी त्याग्ने रास्वपाका नेता–कार्यकर्ता, प्रवेशद्वारा कांग्रेस

    काठमाडौं– चुनाव नजिकिँदै जाँदा विभिन्न दल त्याग्ने नेताहरूको रोजाइ नेपाली कांग्रेस बनेको छ ।

    जेनजी आन्दोलनपछि विशेष महाधिवेशनमार्फत गगन थापा सभापति निर्वाचित भएलगत्तै कांग्रेसप्रति आकर्षण बढेको नेताहरूको भनाइ छ ।

    कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार थापाको नेतृत्वपछि ६ हजारभन्दा बढी नयाँ सदस्य थपिएका छन् ।

    जसमा रास्वपा, एमाले र जसपालगायत दलका करिब ६२ सय नेता–कार्यकर्ता छन् ।

    तीमध्ये १०० भन्दा बढी केन्द्रीय तहका रहेको दाबी गरिएको छ ।

    सबैभन्दा बढी प्रवेश राष्ट्रिय स्वतन्त्र पार्टीबाट भएको छ ।

    रास्वपा मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुली कांग्रेस फर्किएका छन् ।

    २०७९ मा मकवानपुर–२ बाट १२ हजारभन्दा बढी मत ल्याएका उनले रास्वपाभित्र आन्तरिक लोकतन्त्र नभएको आरोप लगाएका छन् ।

    यसैगरी एमालेका पूर्व केन्द्रीय सदस्य तथा रसुवाका नेता जनार्दन ढकालसहित ७८ जना कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।

    पूर्वमन्त्री रामवीर मानन्धरलगायत नेताहरू पनि एमाले छाडेर कांग्रेसमा गएका छन् ।

    रास्वपाकी मधेस प्रदेश संस्थापक सभापति ममता शर्मा, केन्द्रीय गुनासो विभाग प्रमुख प्रणय शमशेर राणा लगायत नेताहरूले पनि रास्वपा त्यागेर कांग्रेस रोजेका छन् ।

    उनीहरूले पार्टीभित्र विधि, विधान र पारदर्शितामा समस्या रहेको आरोप लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images