images
images
  • सचिव कृष्णप्रसाद पन्थले छाडे रास्वपा, अवसरवादीको आरोप

    काठमाडौं- पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्ने क्रम बढ्दै गएको छ ।

    सोमबार सुस्ता गाउँपालिकाका सचिव कृष्णप्रसाद पन्थले रास्वपा छाडेको घोषण गरेका छन् । रास्वपाको भनाई र गराईमा एकरुपता नभएको र पार्टी अवसरवादीको चङ्गुलमा परेकाले पार्टी छाडेको पन्थले बताएका छन् ।

    जुन आशा रास्वपाप्रति थियो त्यो क्रमशः क्षिण हुँदै गएकाले बाध्य भएर पार्टी छाड्नुपरेको उनले बताए ।

    इमान्दार नेता कार्यकर्तालाई पाखा लगाउने र अवसरवादीहरुलाई पार्टीमा भित्र्याउने काम भइरहेको पन्थले बताए ।

    अब आफू कुनै पार्टीमा प्रवेश नगरी स्वतन्त्र बस्ने पन्थले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images