images
images
  • बालेन शाहले सार्वजनिक माफी माग्नुपर्ने व्यवसायी महासंघको माग

    काठमाडौं- निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग राखेको छ ।

    महासंघले बालेनले ‘रुखमा बाँधेर भए पनि बाटो बनाउनुपर्छ’ भन्ने अभिव्यक्तिको कडा भत्र्सना गर्दै उक्त अभिव्यक्ति अमर्यादित, उत्तेजक र निर्माण व्यवसायीहरूको मनोबल गिराउने खालको रहेको भन्दै सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको हो ।

    ६ फागुनमा धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले ‘२ वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्ने हाम्रो एजेन्डा हो, रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ कि, बाटो बन्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

    देशभरका करिब ३० हजारभन्दा बढी निर्माण व्यवसायीको प्रतिनिधित्व गर्ने संगठनमाथि यस प्रकारको सार्वजनिक अभिव्यक्ति आउनु दुःखद् रहेको महासंघले उल्लेख गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images