काठमाडौं । सरकारले साउन ३ गतेका लागि संसद बैठक बोलाउन सिफारिस गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि आज बसेको पहिलो मन्त्रीपरिषद् बैठकले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रबक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
प्रवक्ता कार्कीका अनुसार बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग म्याद १ वर्ष थप गर्ने निर्णय गरिएको छ ।
जेठ ७ गते तत्कालीन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । तर सर्वोच्च अदालतले संसद पुनर्स्थापना हुने फैसला सुनाउँदै साउन ३ गतेभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो ।
सर्बोच्च अदालतले काग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै साउन तीन गतेभित्र प्रतिनिधी सभाको बैठक बोलाउन पनि आदेश दिएको थियो ।


विश्व खबर 




















