images
images
  • शिक्षा, सुशासन र विकासमा केन्द्रित रहेर बालेन शाहले सार्वजनिक गरे वाचा पत्र

    काठमाडौं- प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बालेन शाहले झापा-५ का मतदातालाई लक्षित गर्दै आफ्नो विस्तृत वाचा पत्र सार्वजनिक गरेका छन्।

    राष्ट्रिय एजेन्डा, सुशासन, भ्रष्टाचार नियन्त्रण, शिक्षा सुधार र स्थानीय विकासलाई प्राथमिकतामा राख्दै उनले संघीय सांसदको हैसियतमा गर्ने कामहरूको स्पष्ट खाका प्रस्तुत गरेका हुन्।

    वाचा पत्रमा संविधानले निर्दिष्ट गरेका नागरिक अधिकारहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न कानुनी सुधार, संशोधन तथा आवश्यक नीतिगत पहल गर्ने उल्लेख छ।

    शाहले संसद्मा सक्रिय भूमिका निर्वाह गर्दै राष्ट्रिय नीति तथा बजेट निर्माणमा झापा–५ का विकासका मुद्दाहरू सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाएका छन्।

    उनले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी विकास योजनाहरूको प्रभावकारी अनुगमन गर्ने तथा स्थानीय समस्याहरू संसद्मार्फत समाधान गर्ने बताएका छन्।

    यस्तो छ वाचा पत्र

    2 3 1086x1536 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images