images
images
  • पर्सामा कर्फ्यु हटाएपनि निषेधाज्ञा लगाइयो

    काठमाडौं- पर्सामा कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको छ ।

    सोमबारको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अपराह्न साढे ४ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश हटाइएको हो ।

    परिस्थिति पूर्ण रूपमा सामान्य नभएकाले वर्तमान अवस्था समेतलाई मध्यनजर गरी वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा बेलुकी ६ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञाको आदेश जारी गरिएको छ।

    उक्त आदेशको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने छ ।

    दुई जनाकोबिचमा भएको विवादलाई बढाएर सम्प्रदायबिचको सम्बन्धमा खलल पार्ने कार्यमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउने र त्यसमा धार्मिक अगुवाहरुले सहजिकरण गर्ने निर्णय गरिएको छ ।

    व्यक्तिगत घटनालाई लिएर घृणापुर्ण अभिव्यीक्त दिने र सामाजिक सञ्जालमा त्यसबारे अनधिकृत पोष्ट गर्नेलाई विद्युत्तिय कारोबार ऐन अनुसार कारबाही गर्ने निर्णय भएको छ ।

    आगामाी दिनमा धार्मिक सहिष्णुता कायम राख्न नागरिक समाज र राजनैतिक दलहरु लगायतले विज्ञप्ति प्रकाशन गर्ने निर्णय गरिएको छ ।

    p 6XUfQ40d0N

    निषेधाज्ञा लगाइएको क्षेत्र 

    पूर्वः बाईपास रोड

    पश्चिम रानीघाट पुल

    उत्तरःपावरहाउस चोक

    दक्षिणः घण्टाघर चोक

    634307897 806198161763904 2319476327515956672 n 2 RLyPkLcAqW

    प्रतिक्रिया दिनुहोस्
    images
    images