images
images
  • धादिङ बस दुर्घटना : थप २ जनाको मृत्यु, मृतकको संख्या १९ पुग्यो

    काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिक गएराति भएको बस दुर्घटनामा घाइतेमध्ये थप दुई जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उपचारका क्रममा एक महिला र एक पुरुष विदेशी नागरिकको ज्यान गएको हो ।

    यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

    आइतबार साँझ पोखराबाट काठमाडौंका लागि छुटेको ग.२ ख १४२१ नम्बरको बस सोमबार राति करिब १ बजे त्रिशूली नदी किनारमा खसेको थियो ।

    दुर्घटनामा घाइते भएकाहरूको धादिङ र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    मृतकहरूको सनाखत अझै हुन सकेको छैन भने घाइतेमध्ये २८ जनाको परिचय खुलिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images