हेटौंडा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गरेका छन् ।
तीन दशक लामो राजनीतिक यात्रापछि उनी पुरानै दल नेपाली कांग्रेस मा फर्किएका हुन् ।
रास्वपाले हेटौंडाको हुप्रचौरमा सभा गरिरहँदा पराजुली भने सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका थिए ।
उनलाई कांग्रेस नेता गगन कुमार थापा ले स्वागत गरेका थिए ।
सामाजिक सञ्जालमार्फत उनले पार्टीभित्र सीमित व्यक्तिको प्रभाव, चाकरीवाद र आन्तरिक लोकतन्त्र कमजोर भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–२ बाट उम्मेदवार बनेका पराजुली यसपटक पनि टिकट आकांक्षी थिए ।
तर, टिकट नपाएपछि असन्तुष्ट बनेका उनी अन्ततः कांग्रेसमा फर्किएका हुन् ।
प्रतिक्रिया दिनुहोस्























